जीबी राई समूहको ठगी प्रकरणमा अनुसन्धान गर्न सिआइबी पोखरामा

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्‍युरो (सिआइबी) को टोली पोखरा पुगेको छ । सिआइबीले प्रहरी निरीक्षकको कमाण्डमा प्राविधिक टोली पोखरा पठाएर अनुसन्धान थालेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

माघ २४ गते ग्यालेक्सी टेलिभिजनका पूर्व साझेदार एवं पूर्वडिआइजी छविलाल जोशीको घरमा छापा मारेको थियो । छापा मारेर प्रहरीले उनको घरबाट चारवटा सर्भर बरामद गरेको थियो । उक्त सर्भरमा भएका सूचना/विवरणहरू निकाल्नका लागि सिआइबीको सहयोग लिइएको स्रोत बताउँछ । सिआइबीको टोलीले यसमाथि काम गरिरहेको छ ।

प्रहरीले छापा मारेको जोशीको घरमा कुनै समय सहकारीका अध्यक्ष जिबी राईले सञ्चालन गरेको नेचर हर्ब्स प्रालिको कार्यालय थियो । सहकारी ठगीमा पक्राउ परेका व्यक्तिहरूमाथि बयान लिएर प्रहरी त्यस घरमा पुगेको हो । त्यहाँबाट महत्त्वपूर्ण दस्तावेजहरूको विद्युतीय अभिलेख फेला पारेको प्रहरीले जनाएको छ ।

Exit mobile version