अनेरास्ववियु बाँकेको अध्यक्षमा प्रकाश विश्वकर्मा

नेकपा एमाले निकट अनेरास्ववियु बाँकेको अध्यक्षमा प्रकाश विश्वकर्मा निर्वाचित भएका छन् । नेपालगन्जमा भएको २०औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा अमृत खत्री र रोशन शाही, सचिवमा विनय यादव, सहसचिवमा केशरजङ्ग शाही, सर्जन आचार्य, कृष्णचन्द ठकुरी तथा सृजना मल्ल तथा कोषाध्यक्षमा वर्षा मल्ल निर्वाचित भएका अनेरास्ववियुले जनाएको छ । जिल्ला कमिटी ३७ सदस्यीय भएको अनेरास्ववियुको भनाइ छ ।

Exit mobile version