नेत्रहीन क्रिकेट : उपाधीका लागि बर्दिया र कञ्चनपुर भिड्दै

बाँकेको कोहलपुरमा जारी नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधीका लागि आज मंगलबार बर्दिया र कञ्चनपुर भिड्ने भएका छन् । दुवै टोली सोमबार भएको सेमिफाइनल खेलमा विजयी हुँदै फाइनल प्रवेश गरेका थिए ।
नेत्रहीन क्रिकेट संघ नेपालले आयोजना गरेको प्रतियोगिताको सोमबार भएको सेमिफाइनल खेलमा दृष्टिविहीन क्रिकेट संघ कञ्चनपुर र लुम्बिनी नेत्रहीन क्रिकेट संघ, रूपन्देही बीच भएको थियो । लुम्बिनीले टस जितेर व्याटिङ्ग गरेको लुम्बिनीले ६ विकेटमा १ सय ९२ रन बनायो । जवाफी १ सय ९३ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको कञ्चनपुरले १८.२ ओभरमा ७ विकेटले गुमाएर लक्ष्य हासिल गर्यो । प्लेयर अफ दि म्याच कन्चनपुरका नरेश पदम बहादुर बडौला भए ।
त्यस्तै, अर्को सेमिफाइनलमा कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट संघ (सुर्खेत) र बर्दिया नेत्रहीन क्रिकेट संघ भिडे ।
कंर्णालीले टस जितेर फल्डिङ्ग रोज्यो । कर्णालीले बर्दियाको लागि १ सय ५४ रनको लक्ष्य दियो । बर्दियाले जबफी व्याटिङ्ग गर्दै निर्धारित २० ओभर खल्दै १ सय ५५ रन बनाएको थियो ।
प्लेयर अफ दि म्याच बर्दियाका नरेश चौधरी भएका थिए । बर्दिया १ रनले विजयी भएको हो ।

Exit mobile version