नेत्रहीन क्रिकेट उपाधी कञ्चनपुरलाई

नेत्रहीन क्रिकेट संघ नेपाले बाँकेको कोहलपुरमा आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४को उपाधी कञ्चनपुरको टोलीले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा दृष्टिविहीन क्रिकेट संघ कञ्चनपुरले बर्दिया नेत्रहीन क्रिकेट संघको टोलीलाई १ सय ६ रनले पराजित गरेको हो ।

प्रतियोगितामा बर्दियाले टस जितेर व्याटिङ्ग रोजेको थियो । कञ्चनपुरले बर्दियाको लागि ३ विकेटको क्षतिमा २१८ रनको लक्ष्य दिएको थियो । बर्दियाले जवाफी व्याटिङ्ग गर्दै ४ विकेटको क्षतिमा निधारित २० ओभर खेल्र्दै १३७ रन बनाएको थियो । ८० रनले बर्दियालाई पछाडी पार्दै कन्चनपुर नेत्रहीन क्रिकेट प्रतियोगिता, २०२४ को विजेता भएको छ । १०६ रन बनाउदै कन्चनपुरका दुर्गा दत्त पौडेल प्लेयर अफ दि म्याच भएका छन् ।

नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को प्लेयर अफ दि सिरिज ३१२ रन तथा ४ विकेटको साथमा पदम वहादुर बडैला भएका छन् ।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि कोहलपुर नगरपालिका कार्यवाहक प्रमुख लाल बहादुर रानाले विजेता तथा उप विजेता खेलाडीहरुलाई शिल्ड, मेडल तथा नगद पुरस्कार वितरण गर्दै आगामी नगरपालिको बजेट तथा कार्यक्रममा अपाङ्गता खेलकुदलाई बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

Exit mobile version