गृहमन्त्री श्रेष्ठ नेपालगन्जमा

सुरक्षा गोष्ठीका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकाय प्रमुख बाँकेमा आइपुगेका छन् । भोलिदेखि ११ गतेसम्म सञ्चालन हुने सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्रीसहित उच्च सुरक्षा अधिकारीहरु नेपालगन्जमा पुगेका बाँकेका एसपी सुवासचन्द्र बोहराले जानकारी दिए ।

भोलिदेखि सञ्चालन हुने ट्राफिक सप्ताह कार्यक्रममा समेत उनी सहभागी हुने छन् । गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीहरु नेपालगन्ज आएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Exit mobile version