ज्ञानोदयले गर्यो विद्यार्थी सम्मान

स्वर्ण पदक विजेता खेलाडीहरुलाई ज्ञानोदय नमुना मावि खजुराले सम्मान गरेको छ । आफ्नो विद्यालयमा अध्ययनरत दीपा खत्री र काँशीराम माहुतलाई अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण पदक हासिल गर्न सफल भएकोमा सम्मान गरिएको हो ।

‘विद्यार्थीलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको’ विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले दैनिक नेपालगन्जसँग भने, ‘उनीहरुलाई खजुरा गाउँपालिकाले नगद पुरस्कारसहित अभिनन्दन पनि गरेको छ ।’

प्रधानाध्यापक सापकोटाका अनुसार, खजुरा गाउँपालिकाले खेलाडीहरुलाई जनही २ लाख ७० हजार नगद सहित अभिनन्दन र पुरस्कृत गरेको हो । उनीहरुलाई अभिनन्दन सहित अबिरजात्रा गर्दै खजुरा बजार परिक्रमा गराइएको थियो ।

भुटानमा भएको दोस्रो जिया क्याई अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण पदक विजेता ज्ञानोदय नमुना मावि कक्षा ११ मा अध्ययनरत दीपा खत्री र काँसीराम माहुतले व्यक्तिगत तथा सामुहिक तर्फ स्वर्ण पदक जित्न सफल भएका थिए । १४ फ्रेबुवरीमा सम्पन्न जुडो तर्फ ६० केजी समुहमा माहुतले र ४४ केजी समुहमा खत्रीले स्वर्ण पदक जित्न सफल भएका हुन् ।

दैनिक नेपालगन्ज

Exit mobile version