लखनउ र दिल्लीबाट नेपालका लागि सिधा बस सेवा

भारतीय सहर लखनउ र दिल्लबाट नेपालका लागि बस सेवा सुरु भएको छ । यसअघि नेपालबाट नेपाली बसहरु लखनउ र दिल्ली जाने गरेका थिए । अब भारतबाट पनि भारतीय बस नेपाल आउने भएको हो ।

सीमावर्ती बजार रुपैडिहा बस स्टेशनबाट औपचारिक रुपमा लखनउ र दिल्लीबाट नेपालगन्ज बस सेवाको उद्घाटन गरिएको थियो ।

नारापाराका विधायक रामनिवास बर्मा, नगर पञ्चायत अध्यक्ष डा. उमाशंकर बैश्य, ब्लाक प्रमुख नबानबगन्ज जेपी सिंह, उत्तर प्रदेशका परिवाहन विभागका प्रबन्धक आरबीएल शर्मा लगायतले बस सेवा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगर पञ्चायत अध्यक्ष वैश्यले सिधा सिधा बस सेवाले नेपाली यात्रुहरुलाई लाभ पुग्ने बताए । बीच बाटोमा यात्रु लुटिने घटनामा पनि अंकुश लाग्ने उनले विश्वास व्यक्त गरे ।

सेवा प्रबन्धक आरबीएल शर्माले नेपालगन्जबाट लखनउ जाने पाँच बस, दिल्ली जाने पाँच बसलाई अनुमति दिएको जानकारी दिए । उनले अयोध्या जाने दर्शनार्थीलाई लक्षित गरेर रुपैडिहाबाट बस सेवा सुरु गर्न लागेको बताए ।

Exit mobile version