चार थान भरूवा बन्दुक बरामद

रूकुम

। पुथाउत्तरगंगा गाउँपालिकाबाट भरूवा बन्दुक ४ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय तक्सेराबाट खटिएको प्रहरीले सोही गाउँपालिका-१३ ओख्मास्थित जंगलबाट भरूवा बन्दुक २ थान र सोही गाउँपालिका-१२ स्थित सल्लेरी जंगलबाट भरूवा बन्दुक २ थान फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Exit mobile version