साइकलबाट लडेर मृत्यु

बर्दिया, मधुवन नगरपालिका-२ खैरेनीस्थित सडकमा साइकलबाट लडेर साइकलयात्री सोही नगरपालिका-३ खाता बस्ने ४५ वर्षीय लोहारी थारूको बुधबार बेलुकी मृत्यु भएको छ ।

साइकलबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Exit mobile version