लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

हिजोदेखि नेपालगन्जमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । लुम्बिनीको शान्ति सुरक्षालाई चुस्तदुरुस्त र सुशासनसहितको सेवा प्रवाह कायम गर्ने गरी उक्त गोष्ठी सम्पन्न भएको हो ।

सुरक्षा चुनौतीलाई सामना गर्ने गरी गोष्ठीमा छलफल र आगामी रणनीति निर्माण गरिएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए । ‘पछिल्लो समय बढ्दो लागुऔषध प्रयोगका विषयमा व्यापक छलफल भएको छ,’ उनले भने, ‘यसमा तीन तह (संघ, प्रदेश र स्थानीय सरकार) ले विषेश नीति तथा कार्यक्रम ल्याउनु पर्ने आवश्यक रहेको औँल्याएका छौं ।’ संघ, प्रदेश र स्थानीय सरकारले आआफ्नो पालिकामा आवश्यकताका आधारमा यसको उपचार सेन्टर निर्माण गर्ने र जनचेतनाका लागि विशेष योजना ल्याउन सहकार्य गर्ने निष्कर्ष निस्किएको उनको भनाइ छ । योसँगै खुला सीमा कारण दैनिकरुपमा भइरहेको राजस्व चुहावटका विषयमा पनि व्यापक छलफल भएको उनी बताउँछन् । सरकारको पहिलो प्राथमिकता सुशासन, शान्ति र सुव्यवस्था कायम गरेर अपराध नियन्त्रण गर्नु रहेको भन्दै उनले उनले भने, ‘सरकारले एकीकृत सुरक्षा नीतिमार्फत शान्ति सुरक्षा र अमनचयन कायम गरिरहेको छ ।’

Exit mobile version