देशमा आजः अस्पतालबाट २६ दिने शिशु चोरी, युवकको टाउको कुलोमा गाडिएको अवस्थामा भेटियो

  1. अमेरिकाले अवैध तरिकाले आफ्नो देशमा प्रवेश गरेका आठजना नेपालीलाई फिर्ता गरेको छ । मानव तस्करको प्रलोभनमा ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गरेका उनीहरूलाई अमेरिकाले प्लेन चार्टर्ड गरी नेपाल पठाएको हो । डिपोर्ट भई आएकाहरू केही समय अमेरिकाको जेलमा समेत बसेका थिए । मानवतस्करहरूको प्रलोभनमा परी बर्सेनि सयौंको संख्यामा नेपालीहरू ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका पुग्ने गर्छन् । यसरी जानेहरू अमेरिका प्रवेश गरेपछि आफूहरू शरणार्थी भएको दाबी गर्छन् ।
Exit mobile version