नेपाल प्रहरीका सइ र हवल्दार घुस मुद्दामा दोषी ठहर

नेपाल प्रहरीका दुई कर्मचारी घुस मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार यस्तो फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको दुई छुट्टाछुट्टै मुद्दामा विशेषले यस्तो फैसला सुनाएको हो ।

बर्दियाको मैनापोखरस्थित इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरीक्षक पवन साउद दोषी ठहर भएका छन् । उनी गत १२ मंसिरमा ३० हजार घुससहित पक्राउ परेका थिए । उनले लागुऔषधको मुद्दा मिलाइदिने भन्दै घुस लिएका थिए ।

त्यस्तै, एक लाख रुपैयाँ घुससहित पक्राउ परेका प्रहरी प्रभाग बुढानीलकण्ठका वरिष्ठ हवल्दार विष्णु सिंह पनि दोषी ठहर भएका छन् । उनी गत साउनमा एक लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । बालुवा उत्खननका लागि सहजीकरण गरिदिने भन्दै उनले एक लाख घुस लिएका थिए ।

Exit mobile version