डा. प्रतिकलाई विश्वच्याम्पियनशीपमा स्वर्ण

भारतको हैदरवादमा भएको १०औं स्टे«न्थ लिफ्टिङ विश्व च्याम्पियनशीपमा बाँकेका खेलाडी डा. प्रतिक श्रेष्ठले स्वर्ण पदक हासिल गरेका छन् ।


पुरुष तर्फ ९५ केजी तौल समूहमा नेपालकै प्रतिनिधित्व गरेर हैदाराबाद पुगेका डा. श्रेष्ठले प्रतिस्पर्धीहरूलाईं पछाडि पार्दै प्रथम भएर स्वर्ण पदक हासिल गरेका
हुन् । त्यस्तै, ७६ केजी तौल समूहमा नेपालको प्रतिनिधित्व गरेका नेपालगन्जका अर्का खेलाडी सन्तोषकाजी श्रेष्ठले दोस्रो भई रजत पदक प्राप्त गरेका छन् ।


डा. प्रतिकका अनुसार, अनिल सिंह सिजापति ९५ केजीकै, सन्तोषकाजी श्रेष्ठ ७६ केजी समूह, मोहित गुप्ता ६८ केजी पुरुष सिनियर र देबेन्द्र सिंह ८५ केजी तौल समूहबाट प्रतिनिधित्व गर्दै विश्व च्याम्पियनशीपमा सहभागी भएका हुन् ।


नेपाल स्टे«न्थ लिफ्टिङ्ग फेडरेसनका अनुसार कुल २० खेलाडी च्याम्पियनशीपका लागि छनोट भएका थिए । गत कार्तिक तेस्रो साता नेपालगन्जमा प्रथम राष्ट्रिय मेयर कप स्टे«न्थ लिफ्टिङ तथा आइवीपी च्याम्पियनशीपबाट छनोट भएका खेलाडीहरू विश्व च्याम्पियनशीपमा भाग लिन भारत पुगेका हुन् ।

Exit mobile version