केन्द्रमा दाबेदारी गर्दै बाँकेका पुस्तक व्यवसायी

देशभरीका पुस्तक तथा स्टेशनी व्यवसायीहरूको नेतृत्व छनोटका लागि आगामी फागुन १८–१९ गते काठमाडौंमा सातौं राष्ट्रिय महाधिवेशन हुने भएको छ । त्यसको तयारीका लागि बाँकेका पुस्तक तथा स्टेशनी व्यवसायीहरूको शनिबादेशभरीका पुस्तक तथा स्टेशनी व्यवसायीहरूको नेतृत्व छनोटका लागि आगामी फागुन १८–१९ गते काठमाडौंमा सातौं राष्ट्रिय महाधिवेशन हुने भएको छ । त्यसको तयारीका लागि बाँकेका पुस्तक तथा स्टेशनी व्यवसायीहरूको शनिबार नेपालगन्जमा भएको भेलाले आसन्न महाधिवेशनमा नेतृत्व दाबेदारी घोषणा गरिएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा भएको भेलाले महासंघको आसन्न महाधिवेशनमा विभिन्न पदका लागि दाबेदारी घोषणा गर्ने निर्णय गरेको हो ।

शाखा सचिव मोहन चन्दका अनुसार, जिल्लाका संस्थापक, पूर्व अध्यक्षहरू, प्रदेश तथा केन्द्रमा बाँकेबाट प्रतिनिधित्व गर्ने अग्रजहरूको सहभागितामा भएको भेलाले महासंघको केन्द्रीय उपाध्यक्षमा बुद्धि प्रसाद अधिकारीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । अधिकारी वर्तमान केन्द्रीय कमिटिमा सचिव छन् ।

‘निवर्तमान अध्यक्ष किशोर कुमार आचार्यलाई केन्द्रीय सदस्य र महिला सदस्यमा मन्दिरा पाण्डेलाई उम्मेदवार बनाउने भेलाले निर्णय गरेको छ’, जिल्ला सचिव चन्दले भेलाको निर्णयबारे जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘तीनै जनालाई निर्वाचित कसरी बनाउन सकिन्छ भन्ने कुरामा पनि छलफल गरेका छौं ।’

अध्यक्ष ज्ञवालीले सीमावर्ती जिल्लाका व्यवसायिक समस्या बेग्लै भएकाले केन्द्रीय स्तरमै सुनुवाईका लागि नेतृत्वमै पुग्न आवश्यक भएको बताए । नेपालगन्जमा भएको भेलाले आसन्न महाधिवेशनमा नेतृत्व दाबेदारी घोषणा गरिएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा भएको भेलाले महासंघको आसन्न महाधिवेशनमा विभिन्न पदका लागि दाबेदारी घोषणा गर्ने निर्णय गरेको हो ।
शाखा सचिव मोहन चन्दका अनुसार, जिल्लाका संस्थापक, पूर्व अध्यक्षहरू, प्रदेश तथा केन्द्रमा बाँकेबाट प्रतिनिधित्व गर्ने अग्रजहरूको सहभागितामा भएको भेलाले महासंघको केन्द्रीय उपाध्यक्षमा बुद्धि प्रसाद अधिकारीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । अधिकारी वर्तमान केन्द्रीय कमिटिमा सचिव छन् ।

‘निवर्तमान अध्यक्ष किशोर कुमार आचार्यलाई केन्द्रीय सदस्य र महिला सदस्यमा मन्दिरा पाण्डेलाई उम्मेदवार बनाउने भेलाले निर्णय गरेको छ’, जिल्ला सचिव चन्दले भेलाको निर्णयबारे जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘तीनै जनालाई निर्वाचित कसरी बनाउन सकिन्छ भन्ने कुरामा पनि छलफल गरेका छौं ।’

अध्यक्ष ज्ञवालीले सीमावर्ती जिल्लाका व्यवसायिक समस्या बेग्लै भएकाले केन्द्रीय स्तरमै सुनुवाईका लागि नेतृत्वमै पुग्न आवश्यक भएको बताए ।

Exit mobile version