महामुर्ख सम्मेलन चैत ११ मा

मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होलीको अवसरमा आयोजना गर्दै आएको महामुर्ख सम्मेलन आगामी चैत्र ११ गतेबाट सुरु हुने भएको छ । परिषदका महासचिव शैलेन्द्र मल्लिकका अनुसार शुक्रवार बसेको कार्यसमितिको बैठकले आगामी चैत्र ११ गते होली महोत्सव तथा १२ गते महामुर्ख सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ ।

अन्तगृह परिक्रममाको तिथी मितिमा हेरफेर भए महामुर्ख सम्मेलनको समय पनि एक दिन अघि पछि सर्न सक्ने सम्भावना रहेको महासचिव मल्लिकले बताए । सम्मेलनको तयारीका लागि मिनापका अध्यक्ष परमेश झाको अध्यक्षतामा ३१ सदस्यीय मूलसमारोह समितिको समेत गठन गरेको छ । गठित समितिमा मिनापका कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरू, पूर्व अध्यक्षहरू रहेका छन् ।

राममन्दीर परिसर जनकपुरधाममा आयोजना गरिने होली महोत्सव तथा महामुर्ख सम्मेलनको तयारीका लागि होली टिम चयन उपसमिति, सञ्चार उपसमिति, उपाधि वितरण छनोट समिति, कार्यक्रम प्रस्तोता उप समितिलगायतका उपसमितिहरू पनि बनाइएका छन् । महामुर्ख सम्मेलनमा यहाँका गनमान्य व्यक्तित्वहरू मध्ये छनोट गरी विभिन्न प्रकारको उपाधि दिने गरेको छ ।

Exit mobile version