नौबस्ता स्थित क्षेत्रीय कारागारको निरीक्षण

रुपनी जि एम

गृह सचिव लगायत सुरक्षा निकायका प्रमुखहरुद्वारा क्षत्रीय कारागारको निरीक्षण तथा अवलोकन गरिएको छ । शनिबार बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षत्रीय कारागारको निरीक्षण गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार गृहमन्त्रालयका गृह सचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, सशत्र प्रहरीबल नेपालका महानिरीक्षक राजु अर्याल, लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याल, गृहप्रबक्ता नारायण प्रसाद भट्टराई लगायतले उक्त कारागारको निरीक्षण अवलोकन गर्नुभएको थियो ।

केही बर्ष अघि आधुनिक भवन सहितको क्षेत्रीय कारागार निर्माण भए पनि प्रयोगमा आउनसकेको थिएन । जिल्लासँगै केन्द्रको समेत चासो र नीतिगत व्यवस्थाको विषय बनेको नौवस्ता कारागारको एउटा ब्लकमा भने बाल सुधार गृह सञ्चालन गरिएको छ ।

प्रजिअ पोख्रेलका अनुसार यस वर्ष क्षेत्रीय कारागारको लागि प्रस्तावित दरबन्दी संरचना अर्थमंत्रालयले स्वीकृत गरेको छ । कर्मचारी दरबन्दी स्वीकृत भएपश्चात लुम्बिनी, कर्णाली र सुदुरपस्चिम प्रदेशका कारागारमा क्षमता भन्दा बढी रहेका केही कैदीबन्दीहरुलाई स्तान्तरण गर्न सहज हुने प्रजिअ पोखरेलले बताउनुभयो ।

दरबन्दी स्वीकृत भएसँगै उक्त कारागारमा नेपालगन्ज स्थित कारागारका केही कैदी र अन्य जिल्लाबाट थप कैदी स्थान्तरण गरि संचालन गरिने तयारी कारागार ब्य्वस्थापन बिभागको रहेको र परिस्थिती अनुकुल रहे चैत्र भरिमा कारागार संचालनमा आउन सक्ने प्रजिअ श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।

सोही क्रममा निरीक्षण टोलीलाई बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले बाल सुधार गृहको सुरक्षाका विषयमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार उक्त निरीक्षण तथा अवलोकनमा बालसुधार गृहको भौतिक अवस्था, सुरक्षा अवस्था, सेवा सुविधाका सीमितता बारेमा निरीक्षण गरिएको थियो ।

निरीक्षण अवलोकन गरे पश्चात गृह सचिव लगायतका सुरक्षा निकायका प्रमुखहरुले नौवस्ता बाल सुधार गृहको पनि निरीक्षण तथा अनुगमन गर्नु भएको थियो । सोही क्रममा उक्त बाल सुधार गृहको पनि समग्र भौतिक पूर्वाधार, सुरक्षा र समग्र बालबिज्याइकर्ताहरुको हितमा नीतिगत तहमा सुधार गरिने बताउनुभयो ।

९ बिघाहा क्षेत्रफलमा निर्मित उक्त क्षेत्रीय कारागारलाई एउटा ब्लकमा १ हजार ५६ जना कैदिबन्दी रहन सक्ने गरि ४ वटा ब्लकमा निर्माण गरिएको छ । ३ सय ५० जनाको कैदी बन्दी क्षमता भएको नेपालगन्ज कारागारमा भने हाल ९ सय १२ कैदी बन्दी रहेका छ्न् । बाल सुधार गृहमा भने १ सय १२ जना बालबिज्याईँकर्ताहरु रहेका छन् ।

Exit mobile version