गौघाट-नेपालगन्ज सडक अवरुद्ध

खजुरा-२ रिमझिम चोकस्थित स्यानी गाउँका स्थानीयले गौघाट-नेपालगन्ज सडक अवरुद्ध गरेका छन् । निर्माण व्यवसायीका कारण परसपुर-गौघाट सडक खण्ड निर्माणमा ढिलासुस्ती भएको भन्दै यहाँका स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

निर्माण सम्पन्न हुने मिति ६ महिना मात्र बाँकी हुँदा करिब १२ प्रतिशत मात्र काम सम्पन्न भएको छ । काममा ढिलासुस्ती हुँदा सर्वसाधारणले सास्ती खेपेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । कच्ची सडकमा बेलाबेला पानी हाल्नु पर्ने, निर्माण व्यवसायीले काम तिव्र गतिमा बढाउनु पर्ने, यत्रतत्र फालिएको माटो हटाउनु पर्ने लगायतका माग राखेका स्थानीय रेशम बुढाक्षेत्रीले बताए ।

Exit mobile version