त्रिदेशिय टी–२० श्रृङ्खला: नेपाल र नामिबिया भिड्दै

त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै छ । नेपाल र नामिबियाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११:३० बजे सुरु हुनेछ ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारी स्वरुप खेल हुन लागेको क्यानले जनाएको छ । त्रिकोणात्मक टी–२० श्रृङ्खलाको पहिलो चरणमा तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्ने छन् ।

यसअघि तीन देशबीच भएको एकदिवसीय सिरिजमा नेपालको राम्रो प्रदर्शन देखिएन । नामिबियासँगको दुबै खेलमा पराजित भएको नेपाल टी–२० सिरिजमा आफ्नो हारको बदला लिन चाहन्छ । श्रृङ्खलाका लागि नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाष बोहरा रहेका छन् ।

Exit mobile version