साइकलमा सापकोटाको नेतृत्व

नेपालगन्जमा साइकल लेनको माग गरिएको छ । साइकलमैत्री सहरका रूपमा विकास गरेर वातावरण सुधारका लागि पनि उपयुक्त हुने भन्दै लेनको माग गरिएको हो । नेपालगन्ज साइक्लिङ्ग क्लबको चौथो अधिवेशनमा सहभागी विभिन्न व्यक्तित्वहरूले साइकल वातावरण मैत्री साधन भएकाले त्यसलाई निर्बाध गुड्ने सडक व्यवस्थापनका लागि सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।

अधिवेशनले प्रदिप सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्रद्वीप कार्की, उपाध्यक्ष कविराम बुढाथोकी, सचिव इन्द्र बहादुर गिरी, कोषाध्यक्ष राजेश कुमार गुप्ता र सहसचिवमा दिपक मल्ल निर्वाचित भए । सर्वसम्मत निर्वाचित कार्यसमितिमा पंकजमान श्रेष्ठ, बाबुराम विश्वकर्मा, दिपक कुमार गुप्ता, किरण श्रेष्ठ, निरज कार्की, प्रदिप बाहुन, प्रेम केसी, डबल प्रसाद सुवेदी, चन्द्रप्रसाद कंडेल, विष्णु कंडेल, बिना पुन, विजय बुढाथोकी र विशाल चन्द सदस्य निर्वाचित भए ।

क्लब अध्यक्ष सतिश निरौलाको अध्यक्षतामा भएको अधिवेशन उद्घाटनमा तालिम केन्द्र नेपालगन्जका प्रमुख सञ्जिव शर्मा, नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कनोडिया, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, साइक्लिङ्ग संघ बाँकेका अध्यक्ष गगन सिंह थापा लगायत सहभागी थिए । कार्यक्रममा साइकल अभियन्ता उत्कृष्ट साइकल खेलाडी रूपा थारु, मेची–महाकाली सफल साइकल यात्री तेज विक्रम शाह, साइकल अभियन्ता रमेश मल्ल र राजिव विक्रम शाहलाई सम्मान गरिएको थियो ।

Exit mobile version