भारती मानन्धरले गरिन् विष सेवन

नेपालगन्जका गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । मंगलबार साँझ ४ बजेको आसपास भारतीले विषय सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख सुवाषचन्द्र बोहराले जानकारी दिए ।

अहिले भारतीको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्थास्थिर रहेको बाँके प्रहरीले जनाएको छ । विद्यालयमा छोरालाई भेट्न नदिएपछि उनले विष सेवन गरेको भन्ने सामान्य जानकारी आए पनि यस सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।

Exit mobile version