प्रदेश सरकार बिस्तार

सरकार गठनको आठ महिनापछि मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले लुम्बिनी प्रदेश सरकार बिस्तार गरेका छन् । आइतबार प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले बिस्तारित मन्त्री मण्डलका नवनियुक्त मन्त्री कृष्णा केसी (नमूना) र सरोज थापा (रोज) लाई मन्त्री पदको शपथ ग्रहण गराएका हुन् । केसीलाई सहरी विकास मन्त्रालय र काँग्रेसका थापालाई उद्योग तथा यातायात मन्त्री बनाइएको छ ।

सरकार गठन भएदेखि नै सत्ता साझेदार दलहरू बीच मन्त्री मण्डल गठन, पुनर्गठनको विषय किचलोका रूपमा रहँदै आएको थियो । दलहरू बीच नै मन्त्रालय र मन्त्री संख्या मिल्न नसक्दा मुख्यमन्त्री चौधरीले मन्त्रीपरिषद्लाई पुनर्गठन गर्न सकिरहेका थिएनन् । नेपालको संविधान धारा १६८ को उपधारा ९ बमोजिम मौजुदा प्रदेश सरकार मन्त्री परिषद्मा मन्त्रीको नियुक्ति र कार्यविभाजन गरिएको मुख्यमन्त्री चौधरीले बताएका छन् ।

प्रदेश सरकारले खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयबाट केसीलाई बनाइरहँदा खानेपानी झिकेर वन मन्त्रालयमा समायोजन गरेको छ भने छुट्टै सहरी विकास मन्त्रालय कायम गरेको छ ।

Exit mobile version