राजस्व छलीमा डेढ अर्बको बिगो सहित मुद्दा दायर

राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै सरकारले मुद्दा दायर गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेको छ ।

ती मुद्दामा ४५ प्रतिवादीबलाई १ अर्ब ६२ करोड रुपैयाँ बराबर बिगो दाबी गरेर मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभाग महानिर्देशक नवराज ढुंगानाले बताए । विभागले ४५ मुद्दा विदेशी विनियम अपचलनका ९७ करोड १८ लाख रुपैयाँ बिगो दाबी गरेको छ ।

विदेशी विनिमय अपलचमा ८३ जना प्रतिवादी रहेका छन् । विभिन्न प्रकृतिका राजस्व छलीका घटनाहरु रहेका छन् । डिडिटल करेन्सी, क्रिप्टो करेन्सी, हुण्डी कारोबार गरी राजस्व छली गरेको पाइएको विभागले जनाएको छ ।

Exit mobile version