नेपालगन्जमा किरिया पुत्री भवनको शिलन्यास

बाँकेको नेपालगञ्जमा पहिलो किरिया पुत्री भवनको शिलन्यास गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ को शिव पार्वती टोलमा बिहीबार उपमहानगर पालिका प्रमुख प्रशान्त विष्ट, वडाध्यक्ष गोपाल पुन र किरिया पुत्री भवन निर्माण समितिका संयोजक श्याम शाक्यले संयुक्त रुपमा उक्त किरिया पुत्री भवनको शिलन्यास गर्नु भएको हो ।

करिब ६० लाखको लागतमा उक्त किरिया पुत्री भवनको निर्माण कार्य सम्पन्न गरिने वडाध्यक्ष गोपाल पुनले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०८१ को भदौ मसान्त सम्ममा दुई तले सुविधा सम्पन्न अत्याधुनिक भवन निमार्ण गरिने छ । उक्त किरिया पुत्री भवनमा दुई परिवारले एकै पटक आफ्नो कर्मकाण्ड गर्ने व्यवस्था गरिने छ । दुई ओटा कोठामा एटेच बाथरुम हुनेछ भने महिलाहरुको लागि छुट्टै कोठाको व्यवस्था गरिने वडाध्यक्ष पुनले बताउनुभयो । मलामी र प्रसाद ग्रहण गर्नेहरुका लागि छुट्टै हल सहितको भवन निमार्ण हुनेछ । उक्त दुई तले किरिया पुत्री भवन निमार्णका लागि विभिन्न व्यक्ति, संघ संस्था लगाएत उप महानगरपालिकाले पनि ११ लाख रकम सहयोग गर्ने वडाध्यक्ष पुनले बताउनुभयो ।

किरिया पुत्री भवन निर्माण समितिका संयोजक सेम शाक्य, वडाध्यक्ष गोपाल पुन, समाजसेवी माधवी शर्मा, समितिका सचिव बसन्त लामिछाने, समितिका सदस्य मधुसुदन शर्मा लगाएतको संयुक्त छलफलले उक्त वडामा किरिया पुत्री भवनको निमार्ण कार्यलाई अघि बढाएको वडाध्यक्ष पुनले बताउनुभयो । उक्त किरिया पुत्री भवनका लागि माधवराम वर्माले जग्गा हस्तान्तरण गर्नु भएको हो । आज सम्पन्न शिलन्यास कार्यक्रममा जग्गादाता वर्मा लगाएत सहयोग दाताहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

Exit mobile version