नेपालगन्जः वडाध्यक्ष र कर्मचारीबीचको छलफलपछि कामकाज सुचारु

?

हिजोदेखि नेपालगन्ज उपमहानगरपालिकामा प्रभावित भएको कामकाज बिहीबार दिउसोदेखि सुचारु भएको छ । उपमहानगरपालिकाको कार्यालयमा आएर कर्मचारीमाथि विभिन्न लाल्छना लगाउने ५ नम्बर वडाका वडाध्यक्ष सराफत हुसैन शेषले माफी मागेपछि नगरको कामकाज सुरु भएको हो ।

उपमहानगरपालिकाका नगर प्रमुखलगायत कर्मचारीहरुसँगको सामूहिक छलफलमा वडाध्यक्षले माफी मागेपछि प्रभावित भएको कामकाज सुरु भएको उपमहानगरपालिकाका कर्मचारीहरुले जनाएका छन् । बिना कारण वडाध्यक्ष शेषले रीसइबी साँधी झुठ्ठा लाल्छना लगाएको भन्दै कर्मचारीहरुले बुधबार कामकाज प्रभावित पारेका थिए ।

Exit mobile version