सर्वसाधरण यात्रुलाई हैरानी दिने समातिए

बाँके प्रहरीले यात्रुलाई हैरानी दिएको भन्दै बिहीबार तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगन्ज–२ पुष्पलाल चोकमा सर्वसाधरण यात्रुहरुलाई अनावश्यक रुपमा दुख हैरानी दिने गरेको भन्ने गुनासोमा कारवाही गर्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version