‘डेसिङ्ग चियर’मा वैज्ञानिक

कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन आफ्नो आत्मकथा बिक्री अभियानमा जुटेका डा. महावीर पुन बिहीबार ‘डे«सिङ्ग चियर’मा प्रस्तुत भएका छन् । मल्हम पट्टी मर्निङ्ग वाक गु्रपले समसामयिक विषयको बहसका लागि आयोजना गर्दै आएको ‘डे«सिङ्ग चियर’मा बिहीबार डा. पुन प्रस्तुत भएका हुन् ।

वैज्ञानिक पुनसँग नेपालगन्जका विभिन्न प्रतिनिधिमूलक व्यक्तिहरूले खुलेर छलफल गरे । ‘उद्यमशीलताका लागि सरकार पटक्कै गम्भीर भएन’, डा. पुनले कार्यक्रममा अनुसन्धान र आविष्कारका लागि राज्यले लगानी नगरेको औंल्याउँदै भने, ‘देशको अस्तित्वका लागि पनि रिसर्च एण्ड इन्नोभेसन अपरिहार्य छ ।’

अधिवक्ता विकास आचार्यले सहजीकरण गरेको कार्यक्रममा लेखक नरेन्द्रजंग पिटर, डा. बद्री चापागाई लगायतका विभिन्न व्यक्तित्वहरुले वैज्ञानिक पुन सँग अन्तरक्रियात्मक धारणा राखेका थिए ।

Exit mobile version