देशभर १ हजार २ सय बढी बालबन्दी

देशभर नौ वटा बाल सुधार गृह रहेका छन् । १८ बर्ष उमेर नाघेकाहरूलाई छुट्टै व्यवस्थापन वा वयस्क सरह कारागार पठाइनु पर्ने माग बीच १८ बर्ष नाघेकाका लागि बाँकेको नौबस्तामा बालसुधार गृह सञ्चालनमा ल्याइएको छ ।

देशभर रहेका बालसुधार गृहमा हाल १ हजार १ सय ८० बालक र ३८ बालिका बालबिज्याईका कारण सुधारका लागि बाल सुधार गृहमा राखिएको केन्द्रीय बाल न्याय समितिको सचिवालयका उपसचिव अनुपमा पन्तले जानकारी दिइन् ।

देशभर रहेका बालबन्दीहरूमा १८ बर्ष समेर समूह नाघेका बढी रहेका छन् । पछिल्लो तथ्यांक अनुसार, १८ बर्ष मूनिका ५ सय ४१ बालक, १५ बालिका र १८ बर्ष माथिका ६ सय ३९ बालक र २३ बालिका बालसुधार गृहमा रहेका छन् ।

बाँकेको जयन्दु बाल सुधार गृहमा २ सय ३२ जना बालकहरू रहेका छन् । जसमध्ये ३ जना भारतीय रहेको सुधार गृह प्रमुख बिमला काउचा मगरले जानकारी दिइन् । जयन्दु बाल सुधार गृहमा रहेका मध्ये सबैभन्दा बढी जबर्जस्ती करणी सम्बन्धी मुद्दाका छन् । ९६ मुद्दाका १ सय ३ जना जबर्जस्ती करणी सम्बन्धी मुद्दाका बालक सुधार गृहमा रहेका हुन् ।

त्यस्तै, पर्सा सुधार गृहमा १ सय १८, मोरङ्गमा २ सय १६, रूपन्देहीमा ८५, नौबस्तामा १ सय १५ (१२ फरार), कास्कीमा ९४, मकवानपुरमा ६७, भक्तपुरमा २ सय २, डोटीमा ५४ जनालाई सुधारका लागि राखिएको छ ।

Exit mobile version