५ मिनेटमै सकियो लुम्बिनी प्रदेशसभाको बैठक

लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक ५ मिनेट १७ सेकेण्ड मात्रै बसेर सम्पन्न भएको छ । यसअघि लुम्बिनी प्रदेशसभाको बैठक गत भदौं २६ गते बसेको थियो ।

शुक्रबार दिउँसो ३ बजे बसेको दोस्रो प्रदेशसभाको पहिलो बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए । लुम्बिनी सरकारको मन्त्रिपरिषद्मा कार्यविभाजन हेरफेर भएको सूचना पढेर सुनाएपछि दोस्रो बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी स्थगित भयो । प्रदेशसभाको दोस्रो अधिवेशनमा प्रदेश प्रमुखकको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकको बारेमा प्राप्त भएका पत्रबारे सभामुख घर्तीले सदनलाई जानकारी गराएका हुन् ।

Exit mobile version