सिक्टा सिँचाइ आयोजनाः अझै पाएनन् किसानले मुआब्जा

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाअन्तर्गत शाखा नहर क्षेत्रका किसानले मुआब्जा पाउन सकेका छैनन् । सरकारले यहाँका किसानको जग्गा अधिग्रहण गरेवापतको रकम प्राप्त विनियोजित नगर्दा यहाँका किसानहरुले समयमै मुआब्जा पाउन नसकेका हुन् ।

सरकारले शाखा नहरअन्तर्गत किसानलाई झन्डै ५८ करोड ८९ लाख रुपैयाँ मुआब्जा वितरण गर्नुपर्छ । तर सरकारले १३ करोड ४० लाख रुपैयाँ मात्र मुआब्जाका लागि विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले ७५ करोड मात्र बजेट विनियोजन गरेको सिक्टा सिँचाइ आयोजनाका आयोजना प्रमुख देवराज निरौलाले जानकारी दिए ।

आयोजनाले बाँके जिल्लाको १७ हजार घरधुरीका चार लाख कृषक लाभान्वित हुने छन् । साथै आयोजनाको अनुमानित आन्तरिक प्रतिफल १८ प्रतिशत रहेको र बाली सघनता १६८ प्रतिशत बाट २४२ प्रतिशतमा पुर्याउने लक्ष्य छ ।

हाल सम्म आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका मुख्य कार्यहरु:

      १.    हेडवर्क्स (Civil and Hydro mechanical works)

      २.    पश्चिम मूल नहर (४5.२५ कि.मी.)

      ३.    जग्गा अधिग्रहण (११०.५५ हे.)

4.   पश्चिम मूल नहरका ४ वटा शाखाहरू (अकलघरवा ४.६ कि.मी.,गोहवा २.०५ कि.मी.,प्रसेनीपूर ४.६ कि.मी. र पिडारी शाखा ४.१ कि.मी.)     

चालु आ.व. २०७९/०८० मा आयोजना अन्तर्गत हाल संचालनमा रहेका निर्माणाधिन कार्यहरु:

१.    शिधनीया शाखा 0.८ कि.मी. को काम भइरहेको र चालु आ.व.मा सम्पन्न हुने

२.    पूर्वी मूल नहर (आ.व.२०७४/७५ वाट शुरू भएको) उक्त ठेक्का बाट ३७+३००  चेनेज सम्म पक्कि संरचना सहित को मूल नहर र शाखा नहर (राजकुलो,S1,S2,S3,S4,फत्तेपुर)निर्माणाधीन रहेको र चालु आ.व.सम्म सम्पन्न हुने

      ३.    सिञ्चित क्षेत्र वचावट कार्य (केही स्थानहरूमा भइरहको)

      ४.    वातावरणीय प्रभाव मूल्यांकन तथा वचाव कार्य

      ५.    जग्गा अधिग्रहण (मूल नहर,शाखा र प्रशाखा नहरहरू)

Exit mobile version