जानकीमा ‘खोरेत’ विरुद्ध अभियान

बाँकेको जानकी गाउँपालिकामा खोरेत रोगका कारण घरपालुवा जनावरहरू जोखिममा परेको भन्दै गाउँपालिकाले खोरेत रोग विरुद्द अभियान सञ्चालन गरको छ । गाउँपालिकाले पहिलो चरणमा १५ हजार पशुलाई खोरेत विरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको हो ।

गाईभैंसीलाई खोरेत रोगबाट जोगाउन ३ महिनामाथिका पशुचौपायालाई खोरेत विरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको छ । जानकी गाउँपालिकाको पशु सेवा शाखाले प्रत्येक वडामा २ जनाका दरले ६ वटा भ्याक्सिनेटरको टोली परिचालन गरेर यही १६ गतेदेखि भ्याक्सिन लगाउने कार्यको सुरुवात गरेको छ । वडा नम्बर १ देखि ६ नम्बर सम्म्ममा खोरेत विरुद्धको अभियान सन्चालन गरेको छ ।

खोरेत विरुद्धको अभियान १ हप्तासम्ममा सकिने गाउँपालिकाको पशु स्वास्थ्य शाखाले जनाएको छ । ६ वटै वडामा १६ गतेदेखिनै भ्याक्सिन लगाउन शुरु गरिएको पशु स्वास्थ्य शाखा प्रमुख दिल वहादुर खड्काले बताएका छन् ।

खोरेत भ्याक्सिन लगाइसकेपछि भेडाबाख्रामा लाग्ने पीपीआर, कुखुरामा लाग्ने रानीखेतको खोप, गाईभैंसीमा लाग्ने भ्यागुते र चर्चरे तथा बंगुरहरूमा लाग्ने स्वाइन फिभर विरुद्ध पनि भ्याक्सिन लगाइने पशु स्वास्थ्य शाखा प्रमुख खड्काले बताएका छन् ।

पशुमा लाग्ने रोगका कारण अहिलेको अवस्थामा किसानहरू मारमा परेको भन्दै गाईभैँसीमा रोग नलागोस भनेर खोरेत विरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताएका छन । जनताको हक अधिकार भएको बताउँदै उनिहरूको खुशी नै आफनो खुशी अध्यक्ष खाँको भनाई छ ।

जुन खोपको कार्यक्रम गाउँपालिकाले ल्याएको छ ,पशुहरूलाई रोग लाग्थ्यो त्यसबाट पनि बचाउन धेरै मद्दत गर्ने स्थानिय किसानहरू बताउँछन् । गाउँपालिकाले पशुमा लाग्ने खोरेत रोग विरुद्द खोप अभियान सन्चालन गरेपछि किसानहरू खुशी भएका छन ।साथै आफु किसानहरू पशु पालेर दुध विक्री गरेर आप्mनो जिवनयापन चलाईराखेको र यस कार्यक्रमले आफुहरू खुशी भएको उनीहरुको भनाइ छ ।

Exit mobile version