बढ्यो सिमेन्टको मूल्य, कति पुग्यो मूल्य

निर्माणका लागि अत्यन्तै आवश्यक सामग्री सिमेन्टको मूल्य बढेको छ । अधिकांश सिमेन्ट कम्पनीले प्रतिबोरा १५ रूपैयाँका दरले सिमेन्टको मूल्य बढाएका छन् ।

उद्योगमा लोडसेडिङका कारण उत्पादनमा कमी आएकाले सिमेन्टको मूल्य बढाइएको जानकारी आएको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका सल्लाहकार अनसन साखःले बताए । उनका अनुसार होङ्सी सिमेन्टले एकसाता अघि नै मूल्य बढाएको थियो ।

त्यस्तै, शिवम्, सौर्य, युनाइटेडलगायतका कम्पनीले पनि मूल्य बढाउन सुरू गरेका छन् । सिमेन्ट ओपिसी र पिपिसी गरी दुई प्रकारको पाइन्छ । यसको मूल्य बजारमा ६ सय ५० देखि सात सय ५० रूपैयाँसम्म छ ।

दैनिक नेपालगन्जको रिपोर्ट

Exit mobile version