देशमा आजः सरकारको कुनकुन दल, प्रधानमन्त्रीको आलोपालो के ?

  1. नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन भत्किएको छ । अब एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको समीकरण बनेको छ । प्रचण्डले नयाँ समीकरण बनाउन खोजेको थाहा पाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद् हेरफेर गर्न तयार भएका थिए । बिहान गठबन्धनको बैठक पनि बोलाइएको थियो । तर गठबन्धनको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण अगाडि बढाएका हुन् । नयाँ समीकरणअनुसार बनेको गठबन्धनको बैठक दिउँसो बसेको थियो ।
Exit mobile version