पूर्व विद्यार्थी समाजद्वारा उत्प्रेरणा

श्री जनता मा.वि. पूर्व विद्यार्थी समाज सन्तकुटी खजुरा बाँकेको आयोजनामा तथा श्री जनता मा.वि सन्तकुटी खजुरा बाँकेकोे सहकार्यमा विद्यार्थीहरूलाई उत्प्रेरणा कार्यक्रमको पाचौें श्रृंखला सोमबार आयोजना गरिएको छ ।

पाचौं श्रृंखलाको उत्प्रेरकको रूपमा आर्ट अफ लिभिङका प्रशिक्षक डा. कञ्चन घिमिरे गुरुदेव रहेका थिए । विद्यार्थी समाजले आयोजना गरेको उत्प्रेरणा कार्यक्रमको पाचौं श्रृंखलामा उत्प्रेरक गुरुदेवले विद्यार्थीहरूलाई कसरी पढाईमा एकाग्रहता हुने, कसरी खुसी हुने र आफ्नो आनी वानीलाई कसरी आजैबाट सुधार गर्ने भन्ने लगायतको विषयमा विभिन्न प्रशिक्षण विधिको प्रयोग गरि विद्यार्थीहरूलाई उत्प्रेरणा प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यार्थीको लागि हरेक समय महत्वपूर्ण रहेको र हामीले दैनिक समय अनावश्यक रूपमा खेरफाल्दा त्यसले हामी विद्यार्थीलाई कसरी प्रभाव पार्दछ भन्ने उदाहरण सहित शिक्षाको महत्वको वारेमा जानकारी गराएका थिए ।

श्री जनता मा.वि. पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले एउटा असर व्यक्तिको प्रभावले समाज रूपान्तरण हुन सक्ने बताए । कार्यक्रममा यसरी विद्यालयको सहयोग र साथ पाउँदा आफुलाई खुसी लागेको र आफु समाजको सकारात्मक कार्यमा जहिले पनि लाग्ने र हातेमालो गर्न तयार रहेको बताए । पूर्व विद्यार्थी समाजका सल्लाहकार भुवन प्रसाद गैरेले स्वागत गरेको कार्यक्रममा उत्प्रेरकका वारेमा खेम विष्टले जानकारी गराएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यपक महेन्द्र खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केर सिंह थापा, समाजका कोषाध्यक्ष रत्ना कार्की, कार्यसमिति सदस्य विष्णु पौडेल, महेश शर्मा, खुमानन्द आचार्य विद्यायलका शिक्षकहरू र विद्यार्थीहरू गरि करिव ५ सय विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन समाजका सहसचिव सुजाता खरेल गरेकी थिइन् ।

Exit mobile version