होटल तथा रेष्टुरेन्टको सर्वेक्षण गरिंदै

People in cafe flat vector illustration. Cartoon friend or couple characters sitting at tables, dining and talking, ordering dinner food from waiter in restaurant cafeteria interior isolated on white

नेपालको अर्थतन्त्रमा होटल तथा रेष्टुरेन्टले पुर्याएको योगदानको मापन गर्न होटल तथा रेष्टुरेन्टको सर्वेक्षण गरिने भएको छ ।

नेपालमा आवास तथा भोजन सम्बन्धी आर्थिक क्रियाकलाप गर्ने होटल, लज, रेष्टुरेण्ट, रिसोर्ट, होमस्टे, अतिथि गृह÷ सदन, छात्रावास÷होस्टेल, क्याटरिङ सेवा तथा पार्टी प्यालेस जस्ता प्रतिष्ठानहरुले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदानको मापन गर्न र अन्य तथ्याङ्कीय विवरण उपलव्ध गराउने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आ.व.मा “राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षण, २०८०” सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

तथ्यांक कार्यालयले सर्वेक्षणको पूर्व तयारी स्वरुप सर्वेक्षणको स्थलगत लगत संकलन कार्यमा खटिने कर्मचारीहरुका लागि धनुषाको लालगढ र रुपन्देहीको मंगलापुरमा पाँच दिने गणक तालिम दिइसकेको छ ।

Exit mobile version