बियरमा नक्कली स्टिकर ?

नेपालगन्जमा गरिएको अनुगमनका क्रममा मादक पदार्थमा टाँस गरिएको अन्त शुल्क स्टिकरमा आशंका गरिएको छ । सोमबार गरिएको बजार अनुगमनका क्रममा बियरमा टाँस गरिएको अन्त शुल्क स्टिकरमा आशंका गर्दै नियन्त्रणमा जिल्लाको जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक गरेको छ ।

‘लिकर हाउस नेपालगन्ज–९ मा रहेको बियरमा लगाएको ‘अन्त शुल्क स्टिकर’ उपर थप अनुसन्धान गर्नुपर्ने देखिएकोले दुई कार्टुन बियर नियन्त्रणमा लिइ आन्तरिक राजस्व कार्यालय नेपालगन्ज पठाइएको छ’, प्रशासनले जानकारी दिएको छ, ‘बिस्तृत विवरण पछि मात्रै भन्न सकिनेछ ।’

त्यस्तै, यसअघि जरिवाना गरी सुधारको निर्देशन दिएको सुफियाना फ्रेस हाउस नेपालगन्ज – १० लाई अटेरी गरेपछि बजार अनुगमन समितिले पसल शिल गरेको छ । त्यसबाहेकको पसल अनुगमनका क्रममा अवस्था सामान्य फेला परेको प्रशासनले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालय समेतको सहभागितामा अनुगमन भएको हो ।

Exit mobile version