सहकारीलाई नियमन गर्दै कोहलपुर

सहकारी ऐन, २०७४, सहकारी नियमावली २०७५ र कोहलपुर सहकारी ऐन, २०७४ साथै नियामक निकायबाट जारी भएका निर्देशिका, मापदण्ड र कार्यविधिको अधिनमा रही सहकारी संस्थालाई कार्य सञ्चालनका लागि विनियम तथा आन्तरिक कार्यविधि बनाई सोहीअनुसार संस्था सञ्चालन गर्न कोहलपुर नगरपालिकाले निर्देशन दिएको छ । कतिपय सहकारी संस्थाहरुको विनियम तथा अन्य कागजातहरुको अध्ययन गर्दा प्रचलित ऐन, कानुन र नियामक निकायहरुबाट विभिन्न समयमा जारी भएका निर्देशन, मापदण्ड र कार्यविधिअनुसार सञ्चालन नभएकाले यस्तो निर्देशन दिइएको कोहलपुरले जनाएको छ ।

अन्यथा प्रचलित ऐन, कानुन र नियामक निकायहरुबाट विभिन्न समयमा जारी भएका निर्देशन, मापदण्ड र कार्यविधिसँग बाझिएका विनियम तथा अन्तरिक कार्यविधि बाझिएको हदसम्म अमान्य हुने नगर प्रमुख पूर्णप्रसाद आचार्यले जनाए ।

‘उटै व्यक्ति एउटै पदमा लगातार दुई कार्यकालभन्दा सञ्चालक समितिमा रहन पाइँदैन,’ उनले भने, ‘एउटै व्यक्ति एकभन्दा वढी सहकारी संस्थाको सञ्चालयक समितिमा पनि पाइँदैन ।’ तोकिएको समयमा लेखापरीक्षण र साधारणसभा गर्नुपर्ने, वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको हकमा लेखापरीक्षण प्रतिवेदनमा पल्स विधिबमोजिमको अवस्था विश्लेषण गर्नु पर्ने उनको भनाइ छ । कोपोमिसमा अभिलेख प्रविष्ट गर्ने र लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएका सुझाव कार्यान्वयन गर्नुपर्ने नगरपालिकाले जनाएको छ । यस्तो नभएको पाइएमा कोहलपुर सहकारी ऐनविपरीत हुने बताइएको छ ।

Exit mobile version