लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन स्थगित

लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ । आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन विशेष कारण देखाउँदै स्थगित गर्ने निर्णय गरेको हो ।

विशेष कारणबस सम्मेलन स्थगित गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए । पछिल्लो राजनीतिक घटना क्रमका कारण उक्त सम्मेलन स्थगित भएको बताइएको छ ।

Exit mobile version