त्रिशुलीमा बस खस्यो, चारजनाको मृत्यु ३३ को जीवित उद्धार

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस त्रिशुली नदीमा खसेको छ । बुधबार बिहान ५ बजेको समयमा लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीबाट नदीमा खस्दा चार जनाको मृत्यु भएको छ भने ३३ जनाको जीवित उद्धार गरिएको छ ।

बसको गति अनियन्त्रित भएर नदीमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेश आमदघाटबाट डिएसपीको कमाण्डमा खटिएको टोलिले जीवितै उद्धार गरेको छ । जीवित उद्धार गरिएकामध्ये १८ जनालाई गजुरी अस्पताल पठाएको प्रहरीले जनाएको छ । उक्त स्थानमा विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ६ जना गोताखोरसहित २०  जनाको टोली खटिएकोछ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Exit mobile version