एक मिनेटमा नेपालगन्जः पढ्नूस् मुख्यमुख्य समाचार

  1. सहकारी ऐन, २०७४, सहकारी नियमावली २०७५ र कोहलपुर सहकारी ऐन, २०७४ साथै नियामक निकायबाट जारी भएका निर्देशिका, मापदण्ड र कार्यविधिको अधिनमा रही सहकारी संस्थालाई कार्य सञ्चालनका लागि विनियम तथा आन्तरिक कार्यविधि बनाई सोहीअनुसार संस्था सञ्चालन गर्न कोहलपुर नगरपालिकाले निर्देशन दिएको छ ।
  2. पछिल्लो राजनीतिक विकसित घटना क्रमअनुसार सत्ता गठबन्धन फेरिएपछि बाँके निर्वाचन क्षेत्र नम्बर १ का सांसद सूर्य  ढकाल मन्त्री बन्न लविङ सुरु भएको छ । साविक कर्णाली र भेरी अञ्चलबाट एमालेको तर्फबाट एक्ला निर्वाचित सांसद ढकालले भने मन्त्री बन्न योग्य भएकाले दाबी स्वभाविक भए पनि पार्टीको निर्णय र पद्दतिमा निर्भर पर्ने बताए ।
  3. नेपालगन्जमा गरिएको अनुगमनका क्रममा मादक पदार्थमा टाँस गरिएको अन्त शुल्क स्टीकरमा आशंका गरिएको छ । बजार अनुगमनका क्रममा बियरमा टाँस गरिएको अन्त शुल्क स्टीकरमा आशंका गर्दै नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेले जानकारी दिए ।
  4. लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलाल यादवले कतार च्यारिटी नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा खजुरा गाउँपालिकामा सञ्चालित साना सिँचाइ आयोजनाहरुको अनुगमन गरेका छन् ।
  5. नेपालगन्जलाई पर्यटन गन्तव्यको केन्द्र बनाएर कैलाशमानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकका लागि नेपालगन्जमा खुलेका सुविधा सम्पन्न होटेलको व्यापार बढ्दै गएको छ ।
  6. र, महाशिवरात्री पर्व नजिकिंदै गर्दा नेपालगन्ज–१ धम्बोझीको शिव मन्दिर नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशले जिल्ला प्रहरी कार्यालय बाँकेसँगको सहकार्यमा मन्दिर सरसफाई गरेको छ ।
Exit mobile version