ब्राइटल्याण्ड इन्टरकलेज फुटसल, टिम स्वी र बिएलसीलाई उपाधी

ब्राइटल्याण्ड इन्टर कलेज फुटसल टुनामेन्टको उपाधी ब्याइज तर्फ टिम स्वी र गल्र्स तर्फ बिएलसी फुटसल क्लबले हात पारेका छन् । टुनामेन्ट अन्तर्गत १२ वटा ब्वाइज र ४ गल्र्सको टिमले प्रतिस्पर्धा गरेको थियो ।


प्रतियोगिताको गल्र्स फाइनल तर्फ बिएलसी फुटसल क्लब र टिम सेभेन बीच प्रतिस्पर्धा भयो । उक्त प्रतिस्पर्धामा ३–१ ले विजयी हुँदै बिएलसीले उपाधी हात पार्न सफल भयो । बिएलसीका लागि २ गोल रेखा मल्ल, १ गोल श्रृष्टि सिंह ठकुरीले गरिन् भने टिम सेभेनका लागि शालिना थापाले १ गोल गरिन् ।


ब्वाइज तर्फ फाइनल खेलमा टिम स्वी र टिम ११ को प्रतिस्पर्धा भएको थियो । जसमा टिम स्वीले ५–३ गोलले विजयी भयो । टिम स्वीका लक्ष्मण विकले ३, दिलिप खत्रीले २ गोल गरेका थिए । टिम ११ का लागि विवेकले ३ गोल गरेका थिए ।


प्लेटर अफ ट टुनामेन्ट रोमित बुढाथोकी र सृष्टी सिंह भएका थिए ।


विजेता तथा उपविजेता खेलाडीलाई ब्राइटल्यान्ड कलेजका अध्यक्ष नयाँराम पौडेल, चिफ एडभाईजर राजेश केशर खनाल लगायतले पुरस्कृत गरेको
प्रतियोगिता संयोजक सुशिल गौतमले बताए ।

 

Exit mobile version