बाँकेमा अवैध औषधि बिक्री गर्ने एकजना पक्राउ

बाँकेको डुडुवा गाउँपालिकाको वडा नम्बर ६ चौधरिपुर्वामा अवैध औषधि पसल सञ्चालन गरी औषधि बिक्रीवितरण गर्ने विकास लखेर पक्राउ परेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उक्त पसलमा ७५ प्रतिशत औषधि म्याद गुर्जेका र केही औषधि नेपालमा बिक्रीवितरण गर्न रोक लगाइएका पाइएको बताइएको छ ।

उनीसँग यससम्बन्धि कुनै योग्यताको प्रमाणपत्र पनि नभएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जनाए । उनलाई औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जसँग समन्वय गरी नक्कली बिक्रेता लखेरलाई औषधि बिक्रीबितरण सम्बन्धी प्रचलित कानुनबमोजिम कारवाही गरिने उनको भनाइ छ ।

‘औषधि पसल दर्ता पनि छैन । औषधि पनि वैधानिक छैनन्,’ उनले भने, ‘अवैधरुपमा औषधि बिक्री गरेपछि हामीले नियन्त्रणमा लिएका छौं ।’ बजार अनुगमनका बेला यस्तो भेटिएको उनले बताए ।

Add Your Heading Text Here

Exit mobile version