शिवरात्रीमा भारतीय पर्यटकलाई नेपालगन्जबाट जहाजमार्फत कैलाश-मानसरोवर दर्शन

नेपालगन्जबाट भारतीय पर्यटकलाई महाशिवरात्रीको अवसरमा चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन जहाजमार्फत आकाशबाट गराइएको छ ।

नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ‘ट्रीप टू टेम्पल्स’सँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय तिर्थयात्रीको कैलाश मानसरोवरको दर्शन गराएको हो । माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल लगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ ।

भारतीय ट्राभल कम्पनी ट्रिप टू टेम्पल्सले भारतका विभिन्न राज्यका नागरिकहरूलाई तिर्थयात्रा गराउँदै आएको छ । यस अघि पथिल होलिडेज र ट्रिप टू टेम्पल्सले श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरुवात गरेको थियो ।

Exit mobile version