बालबन्दीको निशुल्क स्वास्थ्य परिक्षण

बाँकेका दुई अस्पताल भेरी अस्पताल नेपालगंज र नेपालगंज मेडिकल कलेज शिक्षण कलेजले बाँकेमा रहेका दुई बालसुधार गृहका बालबन्दीहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा उपचारमा सहयोग गर्ने भएका छन् ।

बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईको अध्यक्षतामा बाँके जिल्ला अदालतमा भएको जिल्ला बालन्याय समितिको बैठकमा भेरी अस्पताल नेपालगंज र नेपालगंज मेडिकल कलेज शिक्षण कलेजका प्रतिनिधिले प्रत्येक महिनाको एक पटक बालसुधार गृहमा गई बालबन्दीहरुको शारिरीक तथा मानसिक स्वास्थ्य परिक्षण तथा उपचार गर्र्ने भएका हुन ।

यसका लागी भेरी अस्पताल नेपालगंज, नेपालगंज मेडिकल कलेज शिक्षण कलेज र जिल्ला बालन्याय समितिका बिचमा लिखित सम्झौता गर्ने सहमति भएको बालन्याय समिति बाँकेका सचिव एवं बाँके जिल्ला अदालतका श्रेस्तेदार गोबिन्द आचार्यले जानकारी दिए ।

चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरको मिति २०८० भाद्र १८ गतेको निर्णय र केन्द्रिय बालन्याय समिति को २०८० फागुन २१ गतेको पत्रअनुसार बाँके जिल्ला स्थित बालसुधार गृहमा रहेका बालबन्दीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यको कम्तीमा महिनाको एक पटक निमित स्वास्थ्य परिक्षण तथा उपचार गर्ने पहल थालिएको हो । बालन्याय समितिको बैठकमा केन्द्रिय परिपत्र अनुसार दुवै अस्पताल र समिति बिचमा एक हप्ता बिचमै लिखित सम्झौता भई गरि कार्यान्वयनमा ल्याईने बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईले जानकारी दिए ।

जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईको अध्यक्षतामा भएको बालन्याय समितिको बैठकमा बाँके केशवराज चपाई, ढाकाराम पौडेल, इन्द्र बहादुर कठायत, अदालतका श्रेस्तेदार गोबिन्द आचार्यको सहभागिता रहेको थियो । समितिको बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहरा, एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता बसन्त गौतम, बाँके जिल्ला बार अध्यक्ष मेहरसिंह खत्री, बालमनोबिज्ञ सुदिप भट्टराईको सहभागिता रहेको थियो ।

समितिको बैठकमा नेपालगंज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राई, सहायक जिल्ला न्यायाधीवक्ता भानु चौधरी, भेरी अस्पतालका डा प्रतिभा खड्का, नेपालगंज मेडिकल कलेजका डा. रोमन किदवाई र कुमार अधिकारी, जयेन्दु बालसुधार गृहका प्रमुख बिमला काउचा मगर, नौवस्ता बालसुधार गृहका प्रमुख श्याम बहादुर राना, बालन्याय समितिका सदस्यहरु सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, समाजसेवी अरुण कुमार सिंह लगायतको सहभागिता रहेको थियो ।

समितिको बैठकमा बालन्यायका बिभिन्न सवालमा छलफल गरेको थियो । बालसुधार गृहमा सुरक्षा चुनौतीको समिति गर्दै सुरक्षा ब्यवस्थालाई थप प्रभावकारी र ब्यवस्थित बनाउन पहल गर्ने निर्णय गरेको छ ।

Exit mobile version