हङकङसँग नेपालको निराशाजनक प्रदर्शन, ७३ रनले पराजित

वरियतामा आफूभन्दा निकै कमजोर टिम हङकङसँग विर्सनलायक प्रदर्शन गर्दै नेपाल ७३ रनले पराजित भएको छ। आज भएको मैत्रीपूर्ण टि–२० खेलमा बलिङ र ब्याटिङ दुबैमा नेपाली खेलाडीले निकै फितलो प्रदर्शन गर्दै फराकिलो अन्तरले पराजित भएको हो।  
नेपाली कप्तान रोहित पौडेलले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए। पावरप्लेमा डेब्यु बलर आकाश चन्द र आरिफ शेखले विकेट लिए दबाबमा राखेपनि त्यसपछि बलरहरूले थप राम्रो प्रदर्शन गर्न सकेनन्।
आकाशले तीन विकेट लिनुबाहेक अन्यको खास्सै उल्लेख्य योगदान रहेन। आकाशले तीन ओभरमा २७ रन खर्चिए। यस्तै प्रतिश जिसी थोरै सस्तो रहेर ४ ओभरमा २९ रन खर्चिएर एक विकेट, आरिफ शेखले ३ ओभरमा ३७ रन खर्चिएर एक विकेट, रसिद खानले ३ ओभरमा ४८ रन खर्चिएर एक विकेट लिए। सागर ढकालले तीन ओभरमा ३८ रन खर्चिए।

Exit mobile version