इन्द्रपुरमा हत्यापछि चोरीडकैती प्रकरणः शंकास्पद चारजना पक्राउ

फागुन २३ गते राति नेपालगन्जसँग सीमा जोडिएको जानकीस्थित इन्द्रपुर नयाँ बस्तीमा भएको हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले चारजनालाई पक्राउ गरेको छ । उक्त घटनासँग शंकास्पद देखिएपछि इन्द्रपुर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

उनीहरु उक्त घटनामा संलग्न हुन भन्ने पुष्टि नभएको र शंकास्पद देखिएकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए । ६ जनाको समूहमा आएको एक समूहले घरमा सुतिरहेका ४० वर्षीय सन्तोष कठरियामाथि आक्रमण गरी हत्या गरेका थिए । हत्यापछि उनीहरुले उनको घरबाट चोरी डकैतीसमेत गरेको उनका परिवारले जनाएका छन् ।

अनुसन्धानका लागि पक्राउ परेका चारजनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

Exit mobile version