उच्च अदालतका रजिष्ट्रार भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालत काठमाडौँले उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रामबहादुर थापाको इजालसले आइतबार भ्रष्टाचार मुद्दामा कटवाललाई दोषी ठहर गर्दै सजाय सुनाएको विशेष अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार कटवाललाई ९ महिना कैद र ४ लाख ९८ हजार ९९५ रूपैयाँ जरिवाना र बिगोबमोजिम असुलउपर गर्न समेत अदालतले आदेश गरेको छ । कटवालले विभिन्न शीर्षकमा अदालतबाट करिब रु पाँच लाख हिनामिना गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १६ गते मुद्दा दायर गरेको थियो ।

Exit mobile version