बाल सुधार गृहका बाल बिज्याईकर्ताको स्वास्थ्य परीक्षण गरिने 

बाँकेका दुईवटा बालसुधार गृहका बाल बिज्याईकर्ताहरुको नियमित निःशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ । जिल्ला बालन्याय समितिको समन्वयमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले जयन्दु बाल सुधारगृह र नौवस्ता बालसुधार गृहका बाल बिज्याईकर्ताहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएका हुन् ।

बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईँको अध्यक्षतामा भएको जिल्ला बालन्याय समितिको बैठकमा दुई अस्पतालले यहाँका बाल बिज्याईकर्ताको प्रत्येक महिनाको एकपटक शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण र उपचार गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

Exit mobile version