रक्सीले मातेर कार चलाउँदा खस्यो पुलबाट

रक्सीले मातेका एक चालकले दाङको घोराहीमा आफूले चलाइरहेको कार पुलबाट तल खसालेका छन् । घोराही-लमही सडक खण्डअन्तर्गत कटुवा खोला पुलबाट सोमबार राति साढे ९ बजेतिर बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्बरको कार तल खसेको थियो ।

दुर्घटनामा कार चालक ललितपुर महानगरपालिका-१५ बस्ने ४२ वर्षीय उज्ज्वल केसी घाइते भएका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले कार अनियन्त्रित भएर पुलबाट खसेको बताए । उनका अनुसार चालक केसीको निधार र छातीमा चोट लागेको छ ।

उनको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । कारमा केसी एक्लै रहेको प्रहरीले जनाएको छ ।

Exit mobile version