एक मिनेटमा नेपालगन्जः पढ्नूस् सात खबर

बाँके राष्ट्रिय निकुञ्जको एउटा समस्या ग्रस्त बाघलाई खोरमा थुनेर राखिएको छ । बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेर घाइते अवस्थामा भेटिएका बाधलाई उद्दार गरेर खोरमा राख्ने गरिन्छ ।

नेपालगन्जस्थित राँझा विमानस्थलको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि ढुंगामुडा भएको छ । विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनमा काम गर्दै आएका चारजना भारतीय नागरिकले मादक पदार्थ सेवन गरी प्रहरीमाथि ढुंगामुडा गरेका हुन् ।

नेपालगन्जस्थित जमुनाह नाका हुँदै भारत निकासी हुने प्लाइउड निकासीमा भारतले अवरोध सिर्जना गरेको छ । भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिन्हका नाममा जमुनाह नाकाबाट भारत निकासी हुने प्लाइउड निकासीमा अवरोध गरेको हो ।

इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आज मंगलबारदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुुसलमानहरू दिनभर निराहार बस्छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिकामा निर्माणाधीन रङ्गशाला बजेट अभावमा अलपत्र परेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ मा रहेको दैलेखी बंगलामा संग्रालय बनाइने भएको छ । 

र, मौसम परिवर्तन भएसँगै नेपालगन्जमा ‘मौसमी भाइरल’का बिरामी अत्यधिक बढेका छन् ।

Exit mobile version