ब्राइटल्याण्डमा ‘फ्लेभर फुड फिष्टा’

ब्राइटल्याण्ड कलेजका होटल व्यवस्थापन संकायका अध्ययनरत् विद्यार्थीहरूले मंगलबार विभिन्न खानाको परिकार पस्किएका छन् । आफुले आर्जन गरेको सैद्धान्तिक ज्ञानको व्यवहारिक प्रयोग गर्दै विद्यार्थीहरूले ‘फ्लेभर फुड फिष्टा’को आयोजना गरेका हुन् ।

विद्यार्थीहरूले सञ्चालन गरेको फुड स्टलमा करिब ५० हजारको खानाका परिकारहरू बिक्री भएको बताइएको थियो । कार्यक्रममा सांगीतिक प्रस्तुति समेत गरिएको थियो ।

कलेजका विभागीय प्रमुख भरत विष्टले दिएको जानकारी अनुसार, होटल व्यवस्थापन विष्टले विद्यार्थीहरूलाई आत्म निर्भर बनाउन आवश्यक सीपका लागि ब्राइटल्याण्डले यसरी बेला बेलामा आयोजना गर्दै आएको छ ।

Exit mobile version